मेस्सीले ४ गोल गर्दा बार्सिलोनाको सानदार जित, उक्लियो शीर्ष स्थानमा
२०७६ फागुन ११ गते

फागुन ११, काठमाडौं । कप्तान लिओनल मेसीले चार गोल गरेपछि साविक विजेता बार्सिलोना स्पेनिस ला लिगामा एइबारमाथि फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा एइबारलाई ५० गोल अन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।
पहिलो हाफमा ४० मिनेटभित्रै ह्याट्रिक गरेका मेसीले दोस्रो हाफमा एक गोल थपे । अर्को गोल आर्थर मेलोले गरे ।
जितसँगै बार्सिलोनाले २५ खेलबाट ५५ अंक जोडेको छ । र, रियल मड्रिडलाई २ अंकले पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । इबर २४ अंकसहित लिगको १६ औं स्थानमा रहेको छ ।

२०७६ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित








