नेपाली समाज र पत्रकारिता अभ्यास

आजको युग भनेको सञ्चार माध्यमको युग हो । सञ्चार माध्यम आजको आवश्यक्ता भईसकेको छ । तसर्थ सुचनाबाट कोहि पनि मानिस अहिलेसम्म अछुतो रहन भने सकेको छैन । त्यसैले त पत्रकारिता दिन प्रतिदिन फस्टाई रहेको छ ।

पत्रकारीता नयाँ नयाँ सूचना प्रविधिको प्रयोगसँगै विकसित हुँदै गएको छ ।

पहिला पहिला मानिसहरु सुचना आदान प्रदान गर्दा परेवाको खुट्टामा चिठ्ठी बाँधेर एक अर्का समक्ष पुर्याउने गर्दथे । मानिसहरुमा चेतनाको बृद्धि हुँदै जाँदा सूचना आदानप्रदान गर्ने तरिका पनि विकशित हुँदै गए । कटुवाल प्रथा, झ्याली पिट्ने, दमाहा बजाउने, बाजा गाजाहरु बजाउने, गन्धर्व प्रथा सुचना आदान प्रदान गर्ने परम्परागत सूचना आदानप्रदानका प्रणली हुन् । पछि क्रमशः पत्रपत्रिका, टेलिफोन, रेडियो टेलिभिजनको आविस्कार भएपछि सञ्चार क्षेत्र फस्टाएको हो ।

नेपालमा वि.स. २००७ सालको प्रजातन्त्र स्थापनासंगै रेडियो नेपालको स्थापना भयो । रेडियो आवाज मार्फत सुचना प्रवाह गर्ने एक माध्यम हो । २०४२ सालमा नेपाल टेलिभिजनको स्थापना सँगै नेपालमा सञ्चारको क्षेत्रले ब्यापकता पायो । विस्तारै इमेल इन्टरनेटको सुविधा सँगसँगै मानिसहरु माझ अनलाइन पत्रकारिता लोकप्रिय बन्दै गयो । पत्रकारितामा सबैभन्दा कान्छो विधाको रुपमा डिजिटल पत्रकारिताको विकास भएसँगै यसको लोकप्रियता दिन दुगुणा रात चौगुणा बृद्धि हुँदै गएको पाइन्छ ।

अहिले अनलाइन न्युज पोर्टल चालाउनेहरुको संख्या ह्वात्तै बढेको छ । र, यसले प्रिन्टमा आधारित संचार माध्यमहरुलाई पछाडि पारिरहेको छ । बरिष्ठ पत्रकार किशोर नेपाल भन्छन्, ‘अनलाइन पत्रकारीताको अवसर अहिले अत्यन्त राम्रो भएपनि त्यो सँगसँगै चुनौतीहरु पनि देखिएका छन् । ’ बरिष्ठ पत्रकार नेपालका अनुसार अनलाइन पत्रिकाहरुले ध्यान दिनु पर्ने कुरा समाचार क्रेडिवल हुन जरुरी हुन्छ । प्रतिष्पर्धा धेरै हुँदा समाचार बे्रकिङका नाममा हतारहतार केहि नबुझि विस्वसनीय स्रोतको अभावमै समाचार प्रकाशित गर्दा समस्या आएको देखिन्छ । यस्तो कुरामा मिडिया हाउसले ध्यान दिन जरुरी हुन्छ । ‘त्यस्तै अर्को पाटो भनेको आर्थिक रुपमा पत्रकारितालाई सब्बल बनाउन अति नै आवश्यक छ । अनलाइन चलाउनलाई संचालकहरुले व्यवसायी अनि समुदायसँग सुमधुर सम्बन्ध अगाडि बढाउनु पर्छ ।’ उनी भन्छन् ।

पत्रकार महासंघका अध्यक्ष्य गोविन्द आचार्य भन्छन्, ‘अनलाइन पत्रकारीताकोे कुरा गर्दैगर्दा पछिल्लो समयमा सुचना प्रविधिमा आएको विकाशले थुप्रै अवसर र चुनौतीहरु सृजना गरेको छ । अहिले छापा, रेडियो, टेलिभिजन सबै सञ्चारमाध्यमले अनलाईन पत्रकारिताको शुरुवात गरेका छन् । यसरी सबै अनलाईन पत्रकारितामा आकर्षित हुनुको कारण भनेको अहिले हरेक व्यक्तिको हातहातमा मोवाइल र इन्टरनेट हुनु हो ।’ उनी भन्छन्–‘अर्काेतिर यसको चुनौती पनि त्यत्तिकै छ । अनलाइनको धेरै दुरुपयोग गरेर गलत सामग्रीहरु प्रसारण, प्रकाशन हुने र पत्रकारहरुमा पनि गलत सामग्री उपलब्ध गराउन सक्ने खतरा पनि उत्तिकै छ । त्यस्तो बेलामा चाहिँ सामाग्रीहरुको सत्यता बुझेर मात्र त्यस्ता सामग्री प्रकाशन गर्नुपर्छ ।

अनलाइन पत्रकारीताको माध्यमबाट जनतालाई शिक्षा, चेतना जनकारी दिने जस्ता विभिन्न सामाग्रीहरु पनि सम्प्रेषण गर्नु पर्दछ । जनताका वास्तविक आवाजलाई बाहिरसम्म प्रवाह गर्न र जनता समक्ष नपुगेका सुचनाहरुलाई उनीहरु समक्ष अनलाइनको माध्यमबाट दिन सक्यौँ भने मात्र यसको सदुपयोग हुन सक्छ भन्ने आचार्यको धारणा छ । ‘जसले अनलाइन पत्रकारीता गरिरहेका छौँ, अन्य क्षेत्रका पत्रकारहरु भन्दा चार गुणा चनाखो हुन जरुरी हुन्छ । अनलाइनमा भाषाको पनि महत्वपूर्ण भूमिका हुने हुँदा अनलाइन पत्रकारमा भाषामा अब्बल हुनुपर्छ ।’ उनी सुझाब दिन्छन् । ‘जब कुनै विषय छापीएर पाठकसम्म पुग्छन् तब पछि सच्याँउछु भनेर मिल्दैन, पत्रकार आचार संहितामा विशेष ध्यान दिनुपर्छ ।’

इन्टरनेटको पहुच भएका जुनसुकै ठाँउबाट पनि सामग्री अपलोड गर्न सहज हुने अनलाइन पत्रिका नै हो । अनलाईन पत्रकारिता सहज भएकै कारण अहिले पत्रकारीताको तालिमै नलिएका, पत्रकारिता नपढेका, पत्रकारीता आचार संहिता नबुझेकाहरुले समेत अनलाईन चलाईरहेका छन् । यसले अनलाईन पत्रकारिता जोखिममा परेको छ । पाठकसामु विस्वसनीय समाचार पस्कन नसक्दा विस्वसनीयता गुम्दै गएको छ ।

अहिले पनि कतिपयले विदेशबाट अनलाइन चलाई रहेका छन् । देश विदेशमा सबैतिर गरी अहिले करिब १५ सयको संख्यामा अनलाईनहरु सञ्चालनमा रहेको अध्यक्ष आचार्यको दावि छ । त्यस्तै गरी जेन्युन अनलाइनहरु पनि छन्् जो जसले स्वच्छ ढंगले पत्रकारिता गरिरहेका छन ।

सुचना र प्रविधिको युगमा अनलाईन पत्रकारिता सबैभन्दा छिटो छरितो सुचना आदानप्रदान गर्ने शशक्त माध्यम भएपनि त्यसभित्र देखिएका विभिन्न विकृतिविसंगतिलाई न्यूनिकरण गरी ब्यवसायीक पत्रकारिता अवलमबन गर्न गराउन विभिन्न सञ्चार संगठन र राज्यका निकाय अग्रसर हुन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nineteen =