उच्च शिक्षाका लागि अष्ट्रेलिया बन्यो पहिलो गन्तव्य

बिर्तामोड, जेठ १७ । पछिल्लो समय नेपाली विद्यार्थीहरुको उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया नै पहिलो गन्तव्य बनेको छ ।
कक्षा १२ उत्तिर्ण गरेपछि डिप्लोमा, ब्याचलर र माष्टर्स तह अध्ययन गर्न अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुको संख्या बढ्दो छ ।
उच्च शिक्षासँगै करियर सुरक्षित बनाउनकै लागि नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जान थालेको अस्ट्रेलियाको क्वीन्स फोर्ड र भाइभ कलेजका विजेनश डेभलपमेन्ट म्यानेजर तथा नेपाल प्रतिनिधी प्रकाश पाण्डे बताउँछन् ।

क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजीले झापाको दमकमा आयोजना गरेकोे अस्ट्रेलियन एजुकेशन सेमीनारमा उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै उनले यस्तो बताएका हुन् ।

अस्ट्रेलियाको क्वीन्स फोर्ड र भाइभ कलेजका विजेनश डेभलपमेन्ट म्यानेजर तथा नेपाल प्रतिनिधी प्रकाश पाण्डेले अष्ट्रेलियामा विद्यार्थीहरुलाई उच्च शिक्षासँगै करियर निर्माणका धेरै अप्सन रहेको बताए ।

अष्ट्रेलियामा विद्यार्थीहरुलाई अध्ययनसँगै रोजगारीको वातावरण राम्रो भएकोले विद्यार्थीहरु उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जान आकर्षित भएको उनले बताए । अष्ट्रेलियामा अध्ययन गरेको दुई वर्षको अवधिमा रोजगारीको अनुमति पाउने उनले बताए ।

अष्ट्रेलिया नेपालजस्तै प्रजातान्त्रिक र गणतान्त्रिक देश हो । तर, त्यहाँको ऐन,कानुनहरु मजबुत भएकाले उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जाने विद्यार्थीहरुले सुरक्षित महशुष गर्ने उनले बताए ।

अस्ट्रेलियाको क्वीन्स फोर्ड र भाइभ कलेजका विजेनश डेभलपमेन्ट म्यानेजर तथा नेपाल प्रतिनिधी प्रकाश पाण्डेले उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जाँदा अपनाउनुपर्ने तरिकाहरुको बारेमा जानकारी गराएका थिए ।

उनले अस्ट्रेलियाको नीति नियम, जीवनशैली, रहनसहन, ती कलेजहरुको शैक्षिक वातावरण, भिजा पोलिसी, अष्ट्रेलियाको पिआर लिने प्रक्रियाका लगायतका बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए ।

उनले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई पछि आउन सक्ने समस्या र समाधानका विषयमा जानकारी लिएर मात्र निर्णय गर्न आग्रह गरेका थिए । अस्ट्रेलियामा अध्ययन सँगसँगै रोजगारी समेत पाइने भएकोले पछिल्लो समय विद्यार्थीहरुको रुची अष्ट्रेलियातर्फ बढेको उनले बताए ।

अस्ट्रेलियाको क्वीन्स फोर्ड र भाइभ कलेजका विजेनश डेभलपमेन्ट म्यानेजर तथा नेपाल प्रतिनिधी प्रकाश पाण्डेले ब्यावसायिक, डिप्लोमा र एड्भान्स कोर्स अध्ययन गर्नका लागि विद्यार्थीहरु कलेजमा जाने गरेको बताए । आर्थिक अवस्था धेरै नभएका विद्यार्थीहरुले पनि पढ्न सक्ने बताउँदै उनले जेहेन्दार विद्यार्थीका लागि छात्रावृत्तिको व्यवस्था गरेको बताए ।

कलेजले विभिन्न शिर्षकमा ७० देखि ८० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्दै आएको र राम्रो अङक ल्याएका जेहेन्दार विद्यार्थीले अझ यो भन्दा बढी सेवा सुविधा पाएको उनले बताए ।

क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजीका पूर्वाञ्चल प्रमुख निश्चल सिम्खडाले अस्ट्रेलियन एजुकेशन सेमीनारमा ५० विद्यार्थीहरुले शैक्षिक परामर्श लिएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =