जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद

“तेह्रथुम, जेठ १७ –१७ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने धनकुटाको खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका–५, खोकुका १७ वर्षीय सविन भनिने राजकुमार विश्वकर्मालाई जिल्ला अदालत तेह्रथुमले पाँच वर्षको कैद सजाय सुनाएको छ ।
बिहीबार जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले विश्वकर्मालाई पाँच वर्ष कैद र ३५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका सूचना अधिकारी गोपाल खनालले जानकारी दिए ।
उनलाई तेह्रथुमको लालीगुराँस नगरपालिकाकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले गएको कात्तिक १० गते धनकुटाको सिधुवाबाट पक्राउ गरेको थियो ।
धनकुटा घर भएका उनी सामाजिक सञ्जालमा चिनजान र सम्पर्क भई तेह्रथुम आएर यहाँकी युवतीलाई उता लैजाँदै गर्दा परिवारको उजुरीका आधारमा प्रहरीले सिधुवाबाट पक्राउ गरेको थियो । पछि युवती आफैले जबरजस्ती करणी गरेको उजुरी गरेपछि राजकुमारका विरुद्ध जबरजस्ती करणी आरोपमा मुद्धा दर्ता भएको थियो ।”








