यूएईले किन ग-यो क्रिकेट प्रशिक्षक बर्खास्त ?
२०७६ फागुन १ गते

फागुन १, काठमाडौं । युएई क्रिकेट बोर्डले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डौगी ब्राउन बर्खास्तमा परेका छन् । पछिल्लो तीन वर्षयता युएई क्रिकेटका मुख्य प्रशिक्षक रहेका ब्राउन बर्खास्तमा परेका हुन् ।
युएईले ब्राउनलाई बर्खास्त गर्दै भारतका पूर्व अलराउन्डर रोबिन सिंहलाई क्रिकेट डिरेक्टरमा नियुक्त गरेको छ । इंग्ल्यान्ड तथा स्कटल्याण्डका पूर्व अलराउन्डर ब्राउन सन् २०१७ को मे महिनामा युएईका मुख्य प्रशिक्षक चुनिएका थिए ।
ब्राउनले युएई क्रिकेटको कठिन चरणहरु देखेका थिए । युएईका खेलाडीमाथि आईसीसीको प्रतिबन्ध, भ्रष्टाचार काण्ड लगायतको उतारचढाव उनले देखेका छन् । युएईको एकदिवसीय अन्तर्राष्ट्रिय कायम राख्न र विश्व क्रिकेट लिग-२ मा टिमलाई पुर्र्याउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

२०७६ फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित








