डाक्टर गोबिन्द केसीको माग पूरा गर्न चिकित्सक संघको आग्रह
२०७५ माघ ८ गते

माघ ८ चितवन । चिकित्सा सेवा सुधार लगायत बेथिति र विकृतिविरुद्ध आमरण अनशन बसेका प्रा.डा. गोविन्द के.सी.को माग पूर्व सम्झौता अनुसार पूरा गर्न नेपाल चिकित्सक संघ चितवन शाखाले आग्रह गरेको छ ।
१६ औँ पटक अनशनमा बसेका डा. गोविन्द केसीको माग पूरा गर्न सरकारले कुनै चासो नदेखाएको र डा. के.सी.को स्वास्थ्य स्थिति समेत कमजोर हुँदै गएकाले के.सी.को माग अक्षरसः कार्यान्वयन गर्दै जीवन रक्षाको माग गरिएको छ ।
null
संघका सचिव डा. भोजराज अधिकारीद्धारा जारी विज्ञप्तिमा जनताका डाक्टर केसीले उठाएका मागहरु पूरा गरी विधिको शासन र जनताप्रति जवाफदेही हुन आग्रह गरिएको छ ।
२०७५ माघ ८ गते
प्रतिक्रिया
सम्बन्धित








