डाक्टर गोबिन्द केसीको माग पूरा गर्न चिकित्सक संघको आग्रह 

 

माघ ८ चितवन ।  चिकित्सा सेवा सुधार लगायत बेथिति र विकृतिविरुद्ध आमरण अनशन बसेका प्रा.डा. गोविन्द के.सी.को माग पूर्व सम्झौता अनुसार पूरा गर्न नेपाल चिकित्सक संघ चितवन शाखाले आग्रह गरेको छ । 

१६ औँ पटक अनशनमा बसेका डा. गोविन्द केसीको माग पूरा गर्न सरकारले कुनै चासो नदेखाएको र डा. के.सी.को स्वास्थ्य स्थिति समेत कमजोर हुँदै गएकाले के.सी.को माग अक्षरसः कार्यान्वयन गर्दै जीवन रक्षाको माग गरिएको छ । 

null

संघका सचिव डा. भोजराज अधिकारीद्धारा जारी विज्ञप्तिमा जनताका डाक्टर केसीले उठाएका मागहरु पूरा गरी विधिको शासन र जनताप्रति जवाफदेही हुन आग्रह गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 9 =