संकटकाल विर्साउने गरि सरकारले आफ्ना कर्यकर्ता गिरफ्तार गर्न थालेको विप्लव नेतृत्वको आरोप

पुष १६, काठमाडौँ । संकटकाल विर्साउने गरि आफ्ना कर्यकर्तालाई गिरफ्तार गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले वर्तमान सरकारको भत्सना गरेको छ ।   

सो पार्टीका पूर्वी केन्द्रीय कमाण्ड विषमले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा मेची–कोशी व्युरो इन्चार्ज उमा भुजेलसहित मेची–कोशी व्युरो सचिव सुमन सिंह, मोरङ जिल्ला इन्चार्ज नरेश चौलागाई लगायत ९ जनालाई सुनसरी र मोरङबाट गिरफ्तार गरिएको जनाएका छन् ।   

पार्टी कामको सिलसिलामा रहेका बेला आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई हतियारधारी सुरक्षाकर्मीले संकटकाललाई बिर्साउनले गरी गिरफ्तार गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

‘हाम्रो पार्टी केपी सरकारको उक्त रवैयाको घोर भत्र्सना र निन्दा गर्दै गिरफ्तार गरिएका कमरेडहरुलाई विना शर्त रिहाइको माग गर्दछ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘भारतीय हस्तक्षेपविरुद्ध आन्दोलन गर्दा प्रहरी दमन गर्ने सरकार विदेशी शक्तिका सामु लम्पसार परिरहेको छ ।’ 

राष्ट्रियता रक्षाको आन्दोलनमा आवाज उठाउँदा आफ्ना पार्टीका नेता–कार्यकर्ताहरुलाई गोली हान्ने, झुठा मुद्दा लगाउने, जेल–हिरासतमा पठाउने कार्यले वर्तमान सरकार वास्तविक शान्तिका पक्षमा नभएको बुझ्न सकिने पनि सो पार्टीले प्रष्ट पारेको छ । 

सरकारद्वारा प्रतिवन्धित नेकपाका पूर्वी केन्द्रीय कमाण्ड विषमले गिरफ्तार गरिएका आफ्ना पार्टीका नेता–कार्यकर्ताको विनाशर्त रिहाइ माग गर्दै रिहा नगरे त्यसबाट निस्कने परिणामको जिम्मेवार स्वयं सरकार हुने चेतावनीसमेत दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *