यस्ता छन् आजका बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय

काठमाडौं, जेठ १६ । गणतन्त्र दिवसको अवसर पारेर, असल चालचलनको आधारमा पुर्वसांद एवं तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको कैद साजय मिनाहा गर्ने सरकारको निर्णय विवादित बनेको छ ।

ढुंगेलको कैद मिनाहाका सन्दर्भमा सर्वोच्च अदालतमा परेको मुद्धा विचाराधीन रहेकै अवस्थामा सरकारको निर्णयबाट उनी मंगलबार विहानै रिहा भईसकेका छन् ।

सरकारले संविधान धारा २७६ र कारागार नियमावली २०२० को दफा २९ लाई आधार बनाएर कर्तव्य ज्यान मुद्धाका ढुंगेलको ६० प्रतिशत कैद साजय मिनाहा गरिदिए पनि यसबाट राजनीति शक्ति प्रयोग गरेर उनलाई उन्मुक्ति दिएको सन्देश प्रवाह भएको छ, भन्दै आजको कान्तिपुर दैनिकले ‘ढुंगेल प्रकरणको सन्देश’ शिर्षकमा सम्पादकीय छापेको छ ।

यस्तै, मन्त्रिपरिषदको निर्णय अनुसार ११ औँ गणतन्त्र दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले असल चालचलन भएका कैदी एवंम नेपाल कम्युनिष्ट पार्टीका नेता बालकृष्ण ढुंगेललार्ई मंगलबार रिहा गरेपछि मुलुकका दण्डहीनताको खतरा बढेको छ ।, आजको नागरिकदैनिकले ‘गणतन्त्र दिवसमा दण्डहीनताको उपहार’ शिर्षकमा सम्पादकीय लेखेको छ ।

राजनीतिक हस्तक्षेपबाट अहिलेसम्म मुक्त रहेको नेपाली सेना आफ्नै आन्तरिक कारणबाट विवादमा मुछिएको छ । नेपाली सेनाले अवलम्बन गरेको फास्ट ट्रयाकले विवाद उत्पन्न गराएको छ ।

सैनिक ऐन २०६३ र सैनिक सेवा नियमावली २०६९ भन्दा बाहिर गएर सेनाले आफ्ना निश्चित मान्छेलाई बढुवा गर्न तथा बढुवाका लागि गर्नुपर्ने तालिममा समेत शतप्रतिशत फास्ट ट्रयाक लागू गरेपछि लामो समयसम्म सेनामा सेवा गरेका अधिकृतहरू रुष्ट बनेका छन् ।, आजको नेपाल समाचारपत्रले ‘बेथिति ननिम्त्याउ’ शिर्षकमा सम्पादकीय लेखेको छ ।

यस्तै, चालु आर्थिक बर्षमा हासिल हुने अनुमान गरिएको ६ प्रतिशतभन्दा कमको आर्थिक बृद्धिदरलाई टेकेर सरकारले ८ प्रतिशतको बृद्धिदर हासिल हुने महत्वाकाँक्षी लक्ष्यसहितको बजेट सार्वजनिक गरेको छ ।
यसअघि अघिल्लो सरकारले चालु आवमा समेत ७.२ प्रतिशतको बृद्धिदर हासिल हुने लक्ष्य राखेको थियो, जुन अघिल्लो बर्ष हासिल भएको ७ प्रतिशतको बृद्धिदरलाई आधार मानिएको थियो ।, आजको कारोवारदैनिकले ‘उच्च आर्थिक बृद्धिको महत्वाकांक्षा’ शिर्षकमा सम्पादकीय लेखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 4 =