स्थानीय भन्छन्-‘सिजन गुरुङले पैसा असुलेको छैन’ इटहरीमा निस्कियाे सिठी जुलुस

जेठ १५, सुनसरी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङलाई झुट्टा मुद्दामा फसाईएको स्थानीयले बताएका छन् । इटहरी–२० तरहराकी तीर्थ कुमारी गिरीसँगको जग्गा विवादमा गुरुङलाई प्रहरी प्रशासनले गलत मनसायले फसाएको स्थानीयले बताएका हुन् ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका गुरुङलाई प्रहरीले विगतको रिसिइवी साँध्नका लागि प्रयोग गरेको आरोप लगाउँदै गुरुङलाई विना शर्त रिहाई गर्नुपर्ने माग गरे ।

केही सञ्चार माध्यममा तरुण दलका जिल्ला अध्यक्षले तरहरा–२० गोल्डेन चौकस्थित टहराबाट मासिक रुपमा पैसा असुल्ने गरेको समाचार प्रति उनिहरुले आफुहरुबाट कसैले पैसा नउठाएको बताएका छन् ।

केहि सञ्चार माध्यममा अध्यक्ष सिजन गुरुङले त्यहाँका पसलहरुबाट मासीक भाडा संकलन गर्दै आएको समाचार प्रकाशित भएपछि सोहि स्थानमा टहरा बनाएर खाजा पसल सञ्चालन गर्दै आएका इन्द्रकुमार राईले आफुहरुबाट सिजन गुरुङले कहिल्लै पैसा नमागेको बताए । ‘खै हामीलाई यहाँ ल्याएर उहाँले नै राखेको हो, अहिलेसम्म एक पैसा मागेको छैन ।’ उनले भने । धनकुटा आँखीसल्लाबाट चार वर्ष अघि तरहरा झरेका इन्द्रबहादुरलाई परिवार पाल्न निक्कै सकस थियो । चार जनाको परिवारको गुजाराका लागि दैनिक ज्यालादारीमा काम खोज्दै हिँड्नु बाध्यता थियो । तर, समाजसेवामा लागेका र गरिब दुःखीको सेवा गर्न अग्रसर सिजनले नै गोल्डेन चौक स्थित आफ्नै जग्गामा टहरो हालिदिएर पसल खोल्न प्रेरित गरेका हुन् ।

 सोहि क्षेत्रमा विगत साँढे तीन वर्षदेखि सामान्य चियानास्ताको होटल सञ्चालन गर्दै आइरहेकी ३८ वर्षिय गीता पुरीले पनि आफुहरुसँग कसैले भाडा वा पैसा चाहियो भनेर माग्न नआएको बताईन् । ‘खै हामीलाई त उहाँ निको लाग्छ, गरिब दुःखीलाई सहयोग गर्नुहुन्छ, यो टहरो उहाँकै भएपनि मलाई अहिलेसम्म एक सुका माग्नु भएको छैन, कसले भन्यो यस्ता कुरा ?’ भन्दै प्रतिप्रश्न गरिन् ।

दैनिक गुजारा गर्न धौधौ भएको अवस्थामा सिजन गुरुङले नै आएर ‘यहाँ बसेर पसल चलाउनु’ भनेर दिएको बताईन । श्रीमान बैदेशिक रोजगारीमा मलेशिया भएपनि उनको कमाईले मात्रै गीताको घरपरिवार चल्ने अवस्था छैन । उनले सामान्य चिया नास्ता पसल सञ्चालन गर्दै २ सन्तानको लालनपालन गर्दै आइरहेकी छिन् ।

यता तीन वर्षदेखि सोहि ठाउँमा होटल चलाउँदै आएका तिर्थ राईले पनि आफुहरुसँग कसैले पैसा नउठाएको बताए । ‘मैले चार वर्ष भयो पसल चलाएको खै कसैले आएर भाडा दिनु भनेको छैन ।’ श्रीमान श्रीमति भएर होटल लाएर गुजारा गर्दै आएका राईले भने । उनी सो ठाउँमा तीन वर्षदेखि बस्दै आएका छन् ।
भोजपुर धापुबाट शहर छिरेर पैसा कमाउँला, धनसम्पत्ति जोडुँला भनेर आएका सोझा इन्द्रबहादुरलाई शहर बजारले चिन्न सकेन । रोजगारीको खोजीमा भारतको सिक्किमसम्म पुगेका उनी त्यहाँ टिक्न नसकेपछि तरहरा आएका हुन् । ‘कसरी जिवन चलाउने भनेर भौतारिइरहेको बेलामा उहाँले नै यहाँ ल्याएर बास दिनु भो, गाँसका लागि पसल खोल्न भन्नु भो ।’ उनले भने ।–‘अरुको कुरा म जान्दिन तर, मसँग उहाँले कहिल्लै पैसा माग्नु भको छैन ।’

नेपाली कांग्रेस सँग आबद्ध सिजन गुरुङले पछिल्लो समय सामाजिक क्षेत्रमा धेरै काम गरेका छन् । ०५४/५५ देखि नेपाली कांग्रेसको विद्यार्थी राजनीतिमा आवद्ध हुँदै ०६४ सालदेखि भने सक्रिय राजनीतिमा छन् ।

उनले राजनीतिसँगै समाजसेवालाई सँगै लिएर अघि बढेका छन् । पछिल्लो समय गुरुङको बढ्दो लोकप्रियता विगार्न केहि तत्व लागेको नेपाली कांग्रेसका जिल्ला देखि केन्द्रका नेताहरुको बुझाई छ । ‘जनताले तरुण दललाई विस्वास गर्दै गइरहेको अवस्थामा त्यो विस्वासलाई डग्मगाउन यो सड्यन्त्र भएको हो, सिजन गुरुङलाई ब्यक्तिगत इसिइवी साँध्न फसाईएको मात्र हो ।’ एक जिल्ला नेताले बताए ।

कांग्रेस जिल्ला सभापति राजिब कोइरालाले कांग्रेसलाई सक्ने रणनिती अनुरुप युवा नेताहरुलाई अनेक आरोप लगाएर प्रहरीले दमन गरेको बताए । उनले चाँडै प्रदेश सभा बैठकमा कुरा उठाउने जिकिर गरे ।

सिजनकाे रिहार्इकाे माग गर्दै सिठी जुलुस

नेपाली काग्रेसले गुरुङको पक्राउ गैरन्यायिक भएको भन्दै आन्दोलन नै शुरु गरेको छ । तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङको रिहाईको माग गदै मंगलबार इटहरीमा सिठी जुलुस निकालिएको छ । काग्रेस नगर पार्टी कार्यालयबाट निकालिएको जुलुसले इटहरी परिक्रमा गरि चौकमा कोणसभा गरिएको छ ।

कोणसभामा बोल्दै काग्रेस महासमिति सदस्य राजिब ढुगांनाले बालकृष्ण ढुंगेललाई पक्राउ गर्न वारेन्ट जारी गरि जेल हालेको अवस्थामा उनको रिहाई गरेर सरकारले विधिको शासनको उलंघन गरेको बताएका छन् । ढुगांनाले गुरुङको तत्काल रिहाई नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिए ।

सिठी जुलुसमा बाेल्दै सासंद नबोदिता चौधरीले गुरुङलाई राजनितिक रुपमा प्रशासनको आडमा एमालेले फसाएकाे दावि गरिन् । कार्यक्रममा कार्यभाक काग्रेस इटहरी नगर सभापति शिवराज दाहालले पार्टीको होनाहार युवा नेतालाई पक्राउ गरि झुटा मुद्धा लगाएको प्रति अाक्राेस ब्यक्त गर्दै कांग्रेसलार्इ सकाउने एमालेकाे याेजना रहेकाे तर्क गरे । गुरुङको रिहाई नहुन्जेलसम्म आन्दोलन निरन्तर जारी रहने उनीहरूकाे भनार्इ छ ।

प्रहरीले सिजन गुरुङलाई आईतवार सार्वजनिक मुद्धा दायर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 4 =