सरकारी छाप, दस्तखत किर्ते गरी सार्वजनिक पोखरी व्यक्तिको नाममा दर्ता गर्ने २ पक्राउ

“
वीरगञ्ज, जेठ १५ । बारामा सरकारी छाप दस्तखत कीर्ते गरेर सार्वजनिक पोखरी व्यक्तिको नाममा दर्ता गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका ४ बस्ने वृजमोहनप्रसाद साह र प्रदुमनप्रसाद साह रहेका छन् ।
बाराको साविक बेल्दारी गाविस ४ कित्ता नम्बर ३०० ज.वि ०–२–५ सार्वजनिक पोखरीको जग्गालाई सरकारी छाप दस्तखत कीर्ते गरी व्यक्तिको नाममा दर्ता कायम गर्नुका साथै वृजमोहनप्रसाद साहसमेतको मिलेमतोमा पोखरी व्यक्तिको नाममा दर्ता भएको तथ्य खुलेपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार, सरकारी छाप दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
सरकारी छाप दस्तखत कीर्ते मुद्दामा उनीहरुलाई जेठ १३ गते पक्राउ गरिएको थियो । बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप पछि उनीहरुको बारे थप अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ ।
“








