काठमाडौँको एक गोदाममा भिषण आगलागी

पुस ३, काठमाडौँ । शुक्रबार  काठमाडौँको एक  किटनाशक औषधिको गोदाममा  भिषण आगलागी भएको छ ।   

आज अपराह्न ४ बजे  काठमाडौं सीतापाइलाबाट  रामकोट जाने बाटोमा रहेको लामखुट्टे मार्ने क्वाएलको गोदाममा आगलागी  भएको हो । 

हाल काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरीको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भईरहेपनी आगाे भने अझैँ नियन्त्रणमा आउन सकिरहेको छैन ।   

के कारणले आगलागी भएको खुल्न नसकिएकाे र क्षतिको बिरण आउन पनि बाँकी रहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =