चरमपन्थी मारिएको भारतीय दाबी पाकिस्तानद्वारा ठाडै अस्वीकार

काठमाडौं । चरमपन्थी मारिएको भारतीय दाबीलाई पाकिस्तानले ठाडै अस्वीकार गरेको छ । मंगलबार विहान भएको आक्रमणमा ठूलो संख्यामा भारतीय वायुसेनाले भारत-पाकिस्तान नियन्त्रण रेखा (एलओसी) पार गर्दै गरेको बम हमलाले आफ्नो देशको सम्प्रभुता उल्लंघन गरेको पाकिस्तानको ठहर छ। 

भारतीय वायुसेनाले मंगलबार विहान(एलओसी) पार गर्दै बालाकोट नजिकै बम खसालेको थियो। सुरुमा पाकिस्तानी सेनाले यसबारे सूचना दिएको थियो।  

तर, भारत सरकारले पाकिस्तानी भूमिमा रहेको आतंकवादी संगठन जैश-ए-मोहम्मदको अखडामा आक्रमण गरेको र थुप्रै चरमपन्थी मारिएको दाबी गरेको छ। 

null

घटनालाई लिएर पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको छ। बैठकपछि जारी बयानमा भारतको दाबी खारेज गर्दै भनिएको छ, ‘हामी भारतको बालाकोट नजिकै कथित आतंकी शिविर नष्ट गरेको र ठूलो मानवीय क्षति भएको दाबी खारेज गर्छौं।’ 

यसको पुष्टि गराउन पाकिस्तान सरकारले स्थानीय र अन्तराष्ट्रिय सञ्चार माध्यमलाई घटनास्थलमा लैजाँदैछ। प्रधानमन्त्री खानले पाकिस्तानी सेनाको सबै अंग र आम नागरिकलाई कुनै पनि स्थितिका लागि तयार रहन भनेका छन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + sixteen =