बर्डफ्लुको सङ्क्रमण रोक्न रूपन्देही नाकामा उच्च सतर्कता
२०७४ जेठ १५ गते

“
रुपन्देही, जेठ १४ । चितवन र काठमाडौमा बर्डफ्लुको सङ्क्रमण फेला परेपछि रुपन्देहीको नाकामा उच्च सतर्कता अपनाइएको छ ।
जिल्लाको सीमा क्षेत्र सुनौली, मर्चवार, धकधई, गजेडी लगायतका क्षेत्रमा जाँच कडा बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला इभियन इन्फ्लुयन्जा प्राविधिक समितिका संयोजक उदयबहादुर रानाले जानकारी दिएका छन् ।
उनले क्वारेन्टाइन चेक पोष्टलाई निगरानीमा कडा हुन आग्रह गरेको उल्लेख गर्दै सूचना प्रवाह र जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन भएको बताए ।
जिल्ला पशु सेवा कार्यालय, रुपन्देहीका प्रमुख डा. विनय कर्णले जोखिमको क्षेत्र पहिचान गरी निगरानी बढाइएकामा जोड दिँदै जिल्लाका संवेदनशील क्षेत्र र आवतजावत हुने क्षेत्रमा विशेष ध्यान दिइएको बताए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








