बालिका बलात्कार गर्नेलाई नब्बे हजार जरिवाना सहित सात वर्ष कैद

तेह्रथुम, जेठ १४ । तेह्रथुमका सूर्यबहादुर सार्कीलाई जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ ।

१५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का ४४ वर्षीय सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले सार्कीलाई जबर्जस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद र रु ९० हजार क्षतिपूर्तिको फैसला सुनाएको छ ।

सार्कीलाई आफ्नै घरमा बस्ने नातेदार १५ वर्षे बालिकालाई पटकपटक बलात्कार गरेको भन्ने उजुरीका आधारमा गत वर्षको जेठमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो ।

अदालतले उनलाई जबर्जस्ती करणी अपराधमा छ वर्ष कैद र हाडनाता करणीमा थप एक वर्ष कैद गरी जम्मा सात वर्ष कैद र ९० हजार क्षतिपूर्ति तोकेको अदालतका सूचना अधिकारी गोपाल खनालले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =