सेनाका ३३ अधिकारीलार्इ कारवाहि सिफारिस भएपनि कार्यान्वयन भएन

जेठ १४, काठमाडाैं । हराएकाे भनिएकाे तस्करीकाे साढे ३३ किलो सुन कसकाे हाे भन्ने खुल्न सकेकाे छैन । सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले हराएको भनिएको सुनका मालिक भारतीय रहेको तर उनलाई आफूले नचिनेको बयानमा खुलाएका छन् । दुबईबाट सुुन तस्करी गर्न आफूसमेतको संलग्नता रहेको भने उनले स्वीकार गरेकाे छन् ।

३७ पृष्ठ लामाे बयानमा दुबईबाट नेपालमा सुन भित्र्याउने गरेको तथ्य, ३३ किलो सुन हराएको, सुन पत्ता लगाउन थाई एयरलाइन्सका कर्मचारीदेखि भुजुङ गुरुङ र शनम शाक्य लगायतमाथि अाफूले अनुसन्धान गरेको गाेरेले सत्य रहेकाे बताएका छन् । कान्तिपुर दैनिकले लेखेकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसर पारी राष्ट्रपति भवन शीतल निवासमा अाज (सोमबार) दिउँसो जलपान समारोहको आयोजना गर्नुहुने भएको छ । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत विशिष्ट पाहुनालाई आमन्त्रण गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको खबर गाेरखापत्रमा छ ।

राष्ट्रिय मानवअधिकार आयोगले दशवर्षे सशस्त्र द्वन्द्वकालका बेला गम्भीर मानव अधिकारका दोषीको नाम कालोसूचीमा राख्ने भएको छ। आयोगले ०५७ जेठदेखि परेका उजुरीका आधारमा कारबाहीको सिफारिस गरेको थियो तर अहिलेसम्म कारबाही नगरेको भन्दै आयोगले उनीहरूको नाम कालोसूचीमा राखी सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ पत्रिकामा उल्लेख छ ।

तत्कालीन भैरवनाथ गणबाट ४९ बन्दी बेपत्ता बनाएकाे प्रकरणमा तत्कालीन प्रधानसेनापति प्यारजंग थापासहित सेनाका ३३ अधिकारीलाई कारबाहीको सिफारिस गरिए पनि अहिलेसम्म कार्यान्वयन भएकाे छैन ।

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत पाँचथर जिल्लातर्फका १६ साना स्तम्भ गायब भएका छन् । सीमा अवलोकनका क्रममा साना स्तम्भ गायब भएको पाँचथर प्रहरीले जनाएको छ ।

उत्तर पूर्वमा पर्ने याङवरक गाउँपालिका–१ र २, फालेलुङ गाउँपालिका–३, ४ र ७ अन्तर्गतका भारतको सिक्किम र पश्चिम बंगाल राज्यको सीमाका स्तम्भ हराएका हुन् । जिल्लाको ४४ दशमलव ३८ किलोमिटर सीमा क्षेत्रमा ११३ स्तम्भ छन् । जसमध्ये १०३ साना स्तम्भमा १६ वटा गायब भएको पाँचथर प्रहरी प्रमुख डीएसपी वामदेव गौतमले बताए । समाचार राजधानी दैनिकमा छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा सभामुखको प्रस्ताव गरेको छ ।

यसअघि विघटित नेकपा एमालेले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल गरेको थियो । नेकपाका नेताहरुले ठाकुरलाई सभामुख हुने प्रस्ताव गरेका छन् । हाल कृष्णबहादुर महरा सभामुख र शिवमाया तुम्बाहाम्फे उपसभामुख छिन् । सभामुख र उपसभामुख अलग अलग पार्टीबाट हुनुपर्ने प्रावधान छ । आजको कारोबार दैनिकमा खबर छ ।

सरकारले सरुवा गरेर जिम्मेवारी तोके पनि केन्द्रका कार्यालयमा कार्यत्ररत कर्मचारी दुर्गम जान नमान्दा जनताको काम प्रभावित भएको छ ।

स्थानीय तहको निर्वाचन भएको एक बर्ष बितिसक्दा पनि कर्मचारीले आ आफ्नो तोकिएको क्षेत्रमा काम नगरेका कारण कुनै तात्विक उपलब्धि हासिल हुन नसकेको स्थानीय बताउँछन् । आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

 भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० वर्षीय कुमार गिरीको पत्थरीको शल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाइएको छ। मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएर उनको मिर्गौला झिकेका हुन्।

गिरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो। नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थियो। नागरिक दैनिक लेख्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − seven =