स्थानीय र प्रहरीको सहयोगमा १० क्वीन्टल गाजा नष्ट

काठमाडौ, जेठ १३ । काठमाडौको नागार्जुन नगरपालिका १० क्षेत्रमा रहेको गाजा स्थानीय महिला समूहले नष्ट गरेको छ ।

प्रेरणा महिला समूहको सक्रियतामा प्रहरी समेतको सहयोगमा करिब १० क्वीन्टल गाजाका बोट नस्ट गरिएको हो ।

खाली जमिनमा आफै उम्रिएको गाजा टिप्न र सेवान गर्न स्थानीय तथा आसपासका क्षेत्रबाट समेत युवा आउन थालेपछि समूहले नष्ट गरेको जनाएको छ ।

दुव्र्यसनीले अखडा बनाई स्थानीय बालबालिकामा नकरात्मक असर पर्ने भएका कारण स्थानीय र प्रहरीको सहयोगमा गाँजाका बोट उखेलेर जलाएको समूहकी अध्यक्ष सिर्जना सुवेदीले बताएकी छिन् ।

नागार्जुन क्षेत्रमा प्राकृतिक रुपमै उम्रने गाजा नष्ट गर्न स्थानीय सक्रिय हुन आवश्यक रहेको महानगरीय प्रहरी बृत स्युचाटारका प्रहरी नायव निरीक्षक जँग बहादुर आलेले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 9 =