गोरेको बयान सकियो, आजै केहीवेर पछि थुनछेक बहस थालिने
२०७४ जेठ १५ गते

“
विराटनगर, जेठ १३ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ ।
जिल्ला अदालत मोरङमा जारी बयान ४ दिनपछि सकिएको हो ।
आजै केहीवेर पछि थुनछेक बहस थालिने जिल्ला अदालत, मोरङले जनाएको छ ।
बयानका क्रममा गोरेलाई सनम शाक्यलाई यातना दिएको भिडियो समेत देखाइएको थियो ।
उनको बयान अदालतका कर्मचारीले ३७ पन्नामा सारेका छन् । गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ ।
गोरे लगायतको समूहले करिब ३८ क्वीन्टल सुन तस्करी गरेको अभियोग लागेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








