नेपालमा नयाँ अमेरिकी राजदूत र्‍यान्डी आउँदै

काठमाडौं, जेठ, १२ । नेपालका लागि नयाँ अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरी सिफारिस भएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई नेपालका लागि नयाँ राजदूतका रुपमा सिफारिस गरेका छन् । अमेरिकाको संसदले यो सिफारिस पारित गरेपछि उनी नेपाल आउनेछन् ।

हाल नेपालकी राजदूत रहेकी एलियना बी टेपलिज श्रीलंका र माल्दिभ्समा राजदूतकै रुपमा जाने भएकी छिन् ।

सन् १९९३मा अमेरिकाको परराष्ट्र सेवामा प्रवेश गरेका बेरीले नेपाल, बंगलादेश, इजिप्ट, साउथ अफ्रिका र युगान्डाका अमेरिकी नियोगमा रहेर कुटनीतिज्ञको भूमिका निर्वाह गरिसकेका छन् ।

उनले सन् २००७ देखि २००९सम्म नेपालस्थित अमेरिकी दूतावासमा ‘डेपुटी चिफ अफ मिसन’का रुपमा काम गरिसकेका छन् । बेरीले न्युजिल्याण्डमा कन्सुल जेनरलको भूमिका पनि निभाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 1 =