विमान दुर्घटना हुँदा ९ काे मृत्यु, ७ जना घाइते

फाइल तस्विर
मंसिर १५, काठमाडौं । संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
हिउँ आँधिमा परेर शनिबार विमान दुर्घटनाग्रस्त हुँदा दुई बालबालिकासहित नौ जनाको मृत्यु भएको हो ।

एकल इन्जिनको पिलाटस पिसी–१२ नामको उक्त बिमान च्याम्बरलेन बिमानस्थलबाट उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको अमेरिकी संघीय उड्डयन कार्यालयले जनाएको छ ।
मृत्यु हुनेहरुमा बिमानका पाइलट पनि रहेका छन् । बिमानमा कूल १२ जना सवार थिए । उक्त बिमान छिमेकी इडाहो राज्यको इडाहो फल्स क्षेत्रीय बिमानस्थलतर्फ उडिरहेको थियो ।
अमेरिकी सञ्चार माध्यमका अनुसार घाइतेहरुलाई राज्यको सिओक्स फल्स नामक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
अमेरिकी नागरिक उड्डयन कार्यालयले उक्त बिमान दुर्घटनाका बारेमा छानबिन थालेको जनाएको छ । साउथ डकोटाको च्याम्बरलिन क्षेत्रमा बाक्लो हिउँ सहितको आँधी आएका कारण बिमानका उडानहरु प्रभावित भएका छन् ।एजेन्सी








