गायक तथा मोडल तेजश रेग्मीले ल्याए नयाँ गीत ‘पिँडालु’

चैत्र २५, काठमाडाैँ । गायक तथा मोडल तेजश रेग्मीले ‘पिँडालु खुर्केर काट, तेतिकै बोक्राले कोक्काउला ’ बोलको नयाँ गीत ल्याएका छन् । उनले सोमबार युट्युबबाट सार्वजनिक गरेका हुन् ।
उनकै शव्द रहेको गीतमा चर्चित गायिका विष्णु माझीले साथ दिएकी छिन् । गीतमा गायक कुलेन्द्र बिक र रक्षा श्रेष्ठको अभिनय रहेको छ । भिडियाको निर्देशन शिव बिकले गरेका छन् । रामेश्वर कार्कीले खिचेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् । इनाक्षी इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको सो गीतले दर्शक श्रोताको मन जित्ने व्यवस्थापक राम कडेँलले बताए ।
null
उनी भन्छन, ‘गीतमा मौलिक शख्द संग्रह गरिएकाले आम दर्शक स्रोेताको मन जित्ने अपेक्षा छ, भिडियोमा पनि चर्चित कलाकारले अभिनय गरेकाले धेरैले रुचाउने छन् । ’गीत सार्वजनीक हुनु अघि नै सो गीतमा सामाजिक सञ्जाल टिककटकमा धेरैलै अभिनय गरेका थिए । गायक तेजश रेग्मीको अभिनय रहेको भगेँरी गित केही दिन अघि मात्र बजारमा आएको थियो ।








