पूर्व सभासद राई पुनः चौँथो पटक पक्राउ, अदालत परीसर भित्रै अनसन बस्ने राईको चेतावनी

धरान, जेठ १० । नेकपा विप्लव समुहका केन्द्रिय सदस्य तथा सुनसरी क्षेत्र न १ का पूर्व सभासद किरण कुमार राई लगाएत ३ जना स्थानिय नेताहरुलाई प्रहरीले विराटनगरबाट पुन चौथो पटक पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई विराटनगरस्थित प्रदेश न १ को उच्च अदालत परीसर बाहिरबाट पुनः चौथो पटक पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी धरान वडा प्रहरी कार्यालयमा ल्याइएको छ ।

पक्राउ पर्नेहरुमा किरण कुमार राई लगायत दिव्सन लिम्वु, नवराज भट्टराई र माधव शर्मा रहेका छन । उनीहरुलाई पहिलो पटक चैत्र ५ गते धनकुटा हिले स्थित हिले भ्यु होटलबाट पक्राउ गरी सार्वजनिक अपराध को मुद्धा लगाई एक महिना राखिएको थियो ।

त्यहाँबाट सादा तारेकमा प्रमुख जिल्ला अधिकारले छाडेकै दिन पुनः प्रहरीले पक्रेर उदयपुरको गाइघाट पुर्याएको थियो ।

गाइघाटमा २ हप्ता राखेपछि पुनः जिल्ला अदालतले धरौटिमा छाडेका उनीहरुलाई अदालत परीसर बाहिर निस्कने बितिकै पुन पक्रेर उर्लाबारी थानामा ल्याइएको थियो ।

केहि सार्वजनिक अपराधको प्रतिवेदन तयार गरी अडासार गर्दै ल्याइएको प्रतिवादिहरुको तर्फबाट ईश्वर राई (निसाफ) ले गत जेष्ठ ६ गते उच्च अदालतमा वन्दीप्रत्यक्षीकरण निवेदन हालेपछि जेष्ठ ८ गते अदालतमा बहस भएको थियो ।

प्रहरीले लगाएको अरोपमा कुनै आधार नभएको भन्दै अदालतले तुरुन्त छाडन आदेश गरेको थियो । आदेश पाएर बाहिर निस्किएपछि चारै जनालाई पुनः धरान थानाले पक्राउ गरी केहि सार्वजनिक अपराधको मुद्धा लगाई थुनेर राखेको छ ।

यसरी विनाकारण नेकपा विप्लप समुहकै स्थानिय नेता कार्यकर्ता भएको कारण थुनेर राख्नु अदालतको आदेश भन्दा प्रहरीको आदेश ठुलो भन्ने देखिएको र राजनीति गर्न पाउने नागरीक अधिकार हनन भएको भनी नेपाल मानवअधिकार मञ्चले विरोध जनाएको छ ।

गत जेष्ठ ६ गते यस्तै प्रकृतिको एक मुद्धामा सर्वाेच्च अदालतले आस्थाको वन्दीहरुलाई सार्वजनिक मुद्धामा सफाई पाएपछि पुनः प्रहरीले झुटा मुद्धा लगाएर पक्रन नपाइने आदेश जारी गरेतापनि जिल्लाका विभिन्न भागबाट पक्राउ परेका विप्लप समुहका नेता कार्यकर्ताहरुलाई भने प्रहरीले पक्रेर दुःख दिने काम जारी रहेको सो पार्टिद्धारा जारी वक्तव्यमा जनाइएको छ ।

आफुहरुलाई प्रहरीले झुटा मुद्धा लगाएर दुः ख दिएको बारेमा पूर्व सभासद राईले अदालत परीसरबाटै वर्तमान केन्द्रिय सरकार र राज्य सरकारका मन्त्रीहरुलाई फोनबाट जानकारी गराएपनि उनीहरुले हेरौँ न केहि दिन मात्र भन्ने जवाफ पाएको राई बताउँछन् ।

पार्टीका मन्त्री तथा जिम्मेवार नेताहरुलाई पनि प्रहरीले आस्थाकै आधारमा धरपकड चलाउनु सरकार कै नीति रहेको हो की भन्ने शंका उब्जिएको कानुन व्यवसायीहरु बताउँछन् ।

उनीहरुलाई छाड्नको लागी पुनः उच्च अदालतमा जेष्ठ ९ गते ईश्वर राईले वन्दिप्रत्यक्षीकरण निवेदन दिएका छन् भने त्यसको सुनुवाई १३ गते हुने बताइन्छ । यस पटक पनि प्रहरीले धरपकड गरेमा अदालत परीसर भित्रै अनसनमा बस्ने राई बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =