‘द हन्ड्रेड’ मा सन्दीप एक करोड ४६ लाखमा अनुबन्धित
२०७६ कार्तिक ४ गते

कार्तिक ४, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछान ‘द हन्ड्रेड’ ड्राफ्टबाट ओभल इन्भेन्सीबलमा अनुबन्धित भएका छन् ।
इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा क्रिकेटर लामिछाने छनोट भएका हुन् । इन्भेन्सीबल्सले सन्दीपलाई १ लाख पाउण्ड (करिब १ करोड ४७ लाख’ मा दोस्रो चरणमा अनुबन्ध गरेको हो । सन्दीपको यो हालसम्मकै उच्च मूल्य हो ।
पहिलोपटक हुन लागेको सय बलको क्रिकेट २०२० को १७ जुलाई देखि १६ अगष्टसम्म हुनेछ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ। हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने छन् ।

२०७६ कार्तिक ४ गते
प्रतिक्रिया
सम्बन्धित








