नवलपुरको दुम्कीवासमा बस दुर्घटना, ३२ जना घाइते

चितवन, जेठ १० । काठमाडौँबाट धनगढी जाँदै गरेको ना ६ ख ७४५६ नम्बरको कर्णाली यातायातको बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । बिहीबार बिहान नवलपुरको दुम्कीवास नजिक ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर बस दुर्घटना हुँदा ३२ जना घाइते भएका हुन् ।

घाइतेमध्ये ४ को अवस्था चिन्ताजनक रहेको छ भने अन्य घाइतेको अवस्था सामान्य रहेको र दुर्घटनाको पुष्टि गर्दै घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =