नेपाली क्रिकेट टीमले सिधै टि ट्वेन्टी विश्वकप छनाैट खेल्न पाउने

माघ १०, काठमाडाैं । नेपाली क्रिकेट टि ट्वेन्टी विश्वकप प्रतियाेगिताकाे छनाैटमा खेल्न पाउने भएकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सन् २०२१ मा भारतमा हुने टि ट्वेन्टी विश्वकप छनोट प्रक्रिया सार्वजनिक गरेको अनुसार नेपालले सन् २०२१ काे टि ट्वेन्टी विश्वकप छनाैटमा सिधै प्रवेश पाएकाे हाे ।
आइसिसीको नयाँ प्रक्रियाअनुसार नेपालले सिधै विश्वकप छनाैट खेल्न पाउने भएको छ । १६ टिमबीच हुने सन् २०२१ को टि ट्वेन्टी विश्वकपका लागि शीर्ष १२ टिम सिधैं छनोट हुने आइसिसीले जनाएको छ ।
विश्वकप छनाैट प्रतियोगिताका लागि जिम्बावे, नेपाल, युएई र हङकङ सिधै छनाैट प्रतियोगितामा भाग लिन पाउनेछन् । छनाैट प्रतियोगिताबाट ४ टिम सन् २०२१ को विश्वकपमा छनाैट हुनेछन्।

सन् २०२१ को विश्वकप खेल्नका लागि नेपालले प्रतियोगिताको शीर्ष चारमा स्थान बनाउनु पर्नेछ । विश्वकप छनाैट प्रतियोगिता आगामी अक्टोबरमा हुनेछ।








