साग पुरुष भलिबल :श्रीलंकालाई हराउँदै भारत फाईनलमा

मंसिर १५, काठमाडौं । भारत साग खेल अन्तरगत  पुरुष भलिबलको फाईनलमा पुगेको छ । सेमिफाइनलमा श्रीलंकालाई ३–१ को सेटमा हराउँदै भारत फाइनलमा पुगेको हो। भारतले फाइनलमा बंगलादेश र पाकिस्तानबीचको विजेतासँग खेल्नेछ।   

आइतबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा भारतले पहिलो सेट २७–२५ ले जितेको थियो। दोस्रो सेटमा २५–१९ ले विजयी भएको भारत तेस्रो सेटमा भने हार्न पुग्यो। तेस्रो सेट श्रीलंकाले २५–२१ ले जित्यो। चौथो सेटमा भारत २५–२१ ले नै विजयी हुँदै फाइनलमा पुगेको हो। 

बंगलादेश र पाकिस्तानबीचको दोस्रो सेमिफाइनल खेल अहिले चलिरहेको छ।   

null

पुरुष भलिबलमा नेपाल दुवै खेल हार्दै समूह चरणबाट नै बाहिरिएको थियो। नेपालको महिला भलिबल टिम भने साग खेलकुदको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 12 =