ललितपुरमा जुवातास खेली रहेको अवस्थामा पाँच पक्राउ

पुस २३, काठमाडौँ । प्रहरीले गएराती ललितपुरमा जुवातास खेली रहेको अवस्थामा नगद र  ताससहित पाँच जनालाई पक्राउ गरेको छ ।   

ललितपुर महानगरपालिका १४ ताल्सिखेल बस्ने चन्द्र बहादुर देवाङको टहरोमा जुवातास खेलिरहेको अवस्थामा ती पाँच जनलाई प्रहरीले पक्राउ गरेको हो ।   

सोही महानगरपालिका २३ बस्ने ४९ वर्षीय चन्द्र कुमार देवाङ समेत ५ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।   

Image result for जुवातास खेली रहेको अवस्थामा

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुको साथबाट नगद १ लाख ८० हजार ८ सय रुपैयाँसहित ३ बुक तास फेला पारिएको छ ।  पक्राउ परेका उनीहरुमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =