प्रोत्साहन खर्चले सामुदायिक विद्यालयमा विद्यार्थी बढ्लान त ?

चितवन, २८ चैत । सामुदायिक विद्यालय तर्फ अभिभावक र विद्यार्थीको आकर्षण घट्दै गईरहेका बेला चितवनको कालिका नगरपालिकाले विद्यार्थी तान्न नयाँ जुक्ती निकालेको छ । सामुदायिक विद्यालयले आआफ्नै तरिकाले विद्यार्थी तान्ने उपाय लगाईरहेका बेला कालिका नगरपालिकाले बाल विकास कक्षा अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन खर्च उपलव्ध गराउने भएको छ । 

 

आगामी शैक्षिक शत्रदेखी सुरु हुने गरी नगरपालिकाले प्रोत्साहन खर्च उपलव्ध गराउन लागेको नगर प्रमुख खुमनारायण श्रेष्ठले बताए । नगर भित्रका सामुदायिक विद्यालयमा विद्यार्थी क्रमिक रुपमा बढिरहेका छन् नगर प्रमुख श्रेष्ठले भने, प्रोत्साहन खर्चले विद्यार्थी अझ बढि आकर्षित हुन्छ भन्ने दावी छ । प्रति विद्यार्थी १ हजार रुपैया विद्यार्थीले पोशाक खरिद वा खाजाका लागि खर्च गर्नु पर्नेछ । प्रोत्साहन खर्च नगरपालिकाले विद्यालय मार्फत विद्यार्थीलाई प्रदान गर्नेछ । 

null

यस वर्ष यो कार्यक्रमका लागि नगरपालिकाले ५ लाख रुपैया खर्च हुने अनुमान गरेको छ । कालिका नगरपालिकामा ३५ वटा सामुदायिक विद्यालय छन् । जसमा ५ वटा माध्यमिक तह र वाँकी आधारभूत तहका हुन् । नगर भित्र करिव १२ वटा भन्दा बढि संस्थागत विद्यालय छन् । 

नगरपालिकाको समक्ष र शैक्षिक गुणस्तरमा बलियो रहेको पदमपुर स्थित भीमोदय माध्यमिक विद्यालयमा आगामी शैक्षिक शत्रदेखी विज्ञान संकायको समेत पठनपाठन सुचारु गर्न लागिएको नगर प्रमुख श्रेष्ठले बताए । विज्ञान संकाय संचालनका लागि नगरपालिकाले २० लाख रुपैया बजेट विनियोजन गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =