यस्ताे थियाे ६० वर्ष अघि धरानमा चलेकाे रेलवे (तस्विरहरू)
“
जेठ, ८, काठमाडाैं । यि तस्विरहरू धरानकाे रेल्वे स्टेशनका हुन् । १ नं. प्रदेशकाे सुनसरी धरानमा अाजभन्दा करिब ६० वर्ष अगाडी धरानमा रेल सञ्चालनमा अाएकाे थियाे । कोशी परियोजना अन्तर्गत धरानमा मालवाह रेल सञ्चालनमा अाएकाे थियाे ।
काेशी प्राेजेक्टलार्इ अावश्यक ढुंगाहरू लैजानका लागि रेल सञ्चालनमा ल्यार्इएकाे थियाे । उक्त रेल सञ्चालनका लागि नेपालको तर्फबाट महावीर शमशेर र भारतको तर्फबाट गुल्जारीलालले सम्झाैता गरेकाे इतिहास छ ।
उक्त समय नेपालका प्रधानमन्त्री स्वर्गीय विश्वेश्वर प्रसाद कोइराला रहेका थिए । सन् १९५८ सालदेखि १९६२ सालसम्म धरानमा मालवाहक रेल चलेकाे इतिहास छ ।
धरानको फुस्रेबाट घिर्लिङ्ग (रोपवे)ले ल्याएका ढुंगाहरूलाई हालको रेल्वेनजिक संकलन गरेर त्यहाँबाट सुनसरी र सप्तरीको सिमानामा पर्ने भीमनगर (सप्तकोशी)को ब्यारेज भएको ठाउँमा ल्याउने गरिन्थ्याे ।
सप्तकाेशी परियाेजना अनुसार सन् १९५८ देखि १९६२ सम्म (विक्रम सम्वत् २०१६ देखि २०२०) आसपाससम्म धरानमा रेल चल्थ्यो । अहिले पुनः काठमाडौं–केरुङ्ग–लुम्बिनी रेलवे चलाउने कुरा बहसमा अाएकाे छ । हेर्नुहाेस् ५६ वर्ष अघि धरान–भिमनगर सञ्चालनमा अाएकाे ढुङ्गे
रेलवेका केहि अवशेषः यी तस्वीरहरू दार्जलिङ हिमालयन रेल्वे साेसार्इटीबाट लिएका हाैं ।
“