सिद्धार्थ बैंकका दुई शाखा उद्घाटन
२०७५ फागुन १० गते

भरतपुर र गैंडाकोटमा सिद्घार्थ बैंकको शाखाको औपचारिक उद्घाटन भएको छ। बैंकको भरतपुर शाखाको उद्घाटन प्रदेश नं ३ का सभासद घनश्याम दहाल, उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष सहनलाल प्रधान तथा सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्र कुमार अग्रवालले संयुक्त रुपमा गरे।
बैंकको गैंडाकोट शाखाको उद्घाटन गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल, उद्योग वाणिज्य संघ(गैंडाकोटका अध्यक्ष अमृत भट्टचन तथा सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्र कुमार अग्रवालले बुधबार गरेका हुन्।
बैंकले हाल देशभर १३९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५० एटीएम र १,२०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
null
२०७५ फागुन १० गते
प्रतिक्रिया
सम्बन्धित








