काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना, एक मृत्यु, एक घाइते
२०७६ फागुन १३ गते

फागुन १३, काठमाडौँ । काठमाडौंको टोखामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने, अर्का एकजना घाइते भएका छन् । टोखा नगरपालिका–१० गणेशस्थान नजिकै गएराति बिजुलीको पोलमा ना१६प ९१३४ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भइ मनमैजु बस्ने ३० वर्षीय हितबहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । तामाङको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग गोंगबुले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार नुवाकोटकै शिवपुरी गाउँपालिका–२ का २८ वर्षीय सुनिल थापाको भने त्रिवि शिक्षण अस्पताल बाट थप उपचारका लागि ग्रिनसिटस् अस्पताल पठाइएको बताइएको छ ।

२०७६ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








