कानुनी दायरामा वैदेशिक रोजगारीका सिन्डिकेटधारी, को–को समातिए ?

काठमाडौँ, जेठ ६ । सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई विविध विषयहरु देखाई विविध शुल्क अशुल्ने संघसंस्थाहरुलाई कारबाही गर्न शुरु गरेको छ । सरकारले वैदेशिक रोजगारीका सिन्डिकेटधारीहरुलाई पक्राउ गर्न शुरु गरेको हो । सरकारले वैदेशिक रोजगारीमा सिन्डिकेट लाद्ने व्यवसायीलाई पनि पक्राउ गर्न शुरु गरेको हो ।

यसै शिलशिलामा भीएलएको कार्यालयमा छापा हानेर प्रहरीले मलेसिया जाने कामदारमाथि भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार थपेर अवैध धन्दा चलाइरहेका तथा हारभेष्ट मुन ट्राभलका सञ्चालक समेत रहेका राम श्रेष्ठ पक्राउ परेका छन् । कार्यालयबाट ल्यापटप र कागजात पनि बरामद गरिएको छ ।

इड स्पेस म्यानपावरमा सञ्चालक श्रेष्ठमाथि सरकारबाट अनुमति नै नलिई मलेसियन सरकारका उच्च अधिकारीसँग मिलेमतो गरी मलेसिया जाने कामदारबाट भीएलएनको नाममा ३२ सय र वानस्टप सेन्टरको नाममा करबाहेक २८ सय रुपैयाँ अशुल्ने काममा उनको श्रेष्ठको भूमिका भएको आरोप छ ।

श्रम तथा रोजगामन्त्री गोकर्ण बिष्टले पदबहाली गरेलगत्तै वैदेशिक रोजगारीका नाममा लादिएको सिन्डिकेट तोड्ने घोषणा गरेका थिए । उनले मलेसियमा नयाँ सरकार बनेलगत्तै कुटनीतिक रुपमा यस्ता गैरकानुनी धन्दा बन्द गराउन कुटनीतिक पहल गरेका थिए ।

त्यसको प्रतिक्रया स्वरुप विदेश जाने कामदारको मेडिकल परीक्षण व्यवसायीले रोकिदिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =