चिनियाँ नाका रसुवागाढी जोड्ने मैलुङ-स्याफ्रुबेसी सडक निर्माण सम्पन्न

रसुवा, जेठ ६ । नेपाली सेनाले चिनियाँ नाका रसुवागाढी जोड्ने गरी १७ किमीको मैलुङ-स्याफ्रुबेसी सडक निर्माण सम्पन्न गरेको छ ।

नेपाली सेनाले निर्माण गरेको यो सडकको आइतबार रक्षा मन्त्री र्इश्वर पोखरेलले उद्घाटन गरेका छन् ।

यो सडक सञ्चालनमा आएपछि राम्चेको पहिरोको अप्ठेरो सडक हुँदै रसवागढी जानुपर्ने बाध्यता हटेको छ ।

यात्रुहरुले मैलुङबाट स्याफ्रुसम्म सेनाले बनाएको नयाँ सडकबाटै यात्रा गर्न सक्ने छन् ।

चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने यो मैलुङ-स्याफ्रुबेसी सडक सेनाले अब सडकलाई हस्तान्तरण गर्नेछ ।

दुई लेनको यो सडक निर्माण २०७२ को बैशाखबाट निर्माण सुरु भएको थियो ।

सुरुमा सिङ्गल लेनको ७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको सेनाले भूकम्प पछि थप १० किलोमिटरसहित दुई लेनको सडक निर्माण गर्ने जिम्मेवारी पाएको थियो ।

नेपाली सेनाका अनुसार मैलुङ-स्याफ्रुबेसी सडक निर्माणका लागि ७० करोड ६९ लाख ९० हजार खर्च भएको छ ।

चीनले पनि यो मार्ग विकासका लागि चासो दिँदै आएको छ ।

तर वर्षातको ४ महिना सवारी साधन सञ्चालन गर्दा जोखिम हुने निर्माण कार्यमा संलग्न रहेका सेनाका अधिकारीहरु बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =