प्रधानसेनापति थापा किन जाँदैछन् चीन ?
२०७६ जेठ ३१ गते

जेठ ३०, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा चीन असार पहिलो साता चीन भ्रमणमा जाने भएका छन् ।
चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा आगामी असार १ गते त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनी असार ७ गतेसम्म त्यहाँ रहनेछन् ।
null
भ्रमणका क्रममा प्रधानसेनापति थापा छेन्दु हुँदै बेइजिङ पुगेर आफ्ना समकक्षी ली जुओछेंगसँग आपसी हित र चासोको विषयमा विचार विमर्श गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
२०७६ जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








