‘सरकारसँग बहुमत यथावत् छ, विश्वासको मत लिन आवश्यक छैन’

पुस १०, काठमाडौं । समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने या नपर्नेमा मत विभाजित छ ।
यस्तैमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समाजवादी पार्टीले समर्थन फिर्ता लिँदैमा प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने बताएका छन् ।
बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्रीसँग भएको बहुमत यथावत् छ । समाजवादी पार्टीले समर्थन फिर्ता लिँदैमा विश्वासको मत लिन आवश्यक छैन । लिनु परे पनि लिँदा हुन्छ’, उनले भने ।

सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले नेपालको कानुनले विश्वासको मत लिनुपर्ने भने पनि आफूहरुका लागि उक्त प्रक्रियामा जानु कुनै महाभारत बताउँदै भने, ‘भोटिङ गर्नु परे पनि १० मिनेटको काम हो । हात उठाउने त हो ।’








