अर्घाखाँचीमा बस दुर्घटना हुँदा ८ को मृत्यु ११ घाइते

फाइल फाेटाे 

मंसिर ११, अर्घाखाँची । बुधबार दिउँसो अर्घाखाँचीको सन्धीखर्क देखी  बुटवलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस दुर्घटना भएको छ ।   

बुटवल जाँदै गरेको उक्त बस अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६, नरपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु हुनुको साथै ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।   

news

मृत्यु हुनेमा  ५ जना पुरुष र तीन जना महिला रहेको ५ नं। प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी  घाइते भएका केहीकाे  उपचार  सन्धीखर्कमै भईरहेको र केहीलाइ उपचारको लागि बुटवल लगिएको प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहले जानकारी दिएका छन् । 

प्रहरीका अनुसार बसलाई चालकले नियन्त्रण लिन नसक्दा सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना हुन पुगेको हो । हाल दुर्घटना स्थलमा घाइतेहरुको उद्दार गर्न  जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको कमाण्डमा खटिएको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =