अर्घाखाँचीमा बस दुर्घटना हुँदा ८ को मृत्यु ११ घाइते

फाइल फाेटाे
मंसिर ११, अर्घाखाँची । बुधबार दिउँसो अर्घाखाँचीको सन्धीखर्क देखी बुटवलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस दुर्घटना भएको छ ।
बुटवल जाँदै गरेको उक्त बस अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६, नरपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु हुनुको साथै ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ५ जना पुरुष र तीन जना महिला रहेको ५ नं। प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी घाइते भएका केहीकाे उपचार सन्धीखर्कमै भईरहेको र केहीलाइ उपचारको लागि बुटवल लगिएको प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार बसलाई चालकले नियन्त्रण लिन नसक्दा सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना हुन पुगेको हो । हाल दुर्घटना स्थलमा घाइतेहरुको उद्दार गर्न जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको कमाण्डमा खटिएको प्रहरीले जनाएको छ ।








