संसारमा पाइने विभिन्न सर्पहरुमध्ये अजिङ्गर कस्तो सर्प ?

“
अजिङ्गर सर्पको एक प्रजाति हो । यो मुख्यतः अफ्रिका, एसिया तथा अस्ट्रेलियामा पाईन्छ ।
अजिङ्गर ठूलो सर्प हो । यो प्रायः घना वन्जङ्गलमा बस्छ । यो रुखको ठूलाठूला मुडामा र सुकेको पातहरुमा लुकेर बस्दछ । यो कहिले काहिँ नदी र ठूला पोखरीहरुका आसपासका घाँसे मैदानमा पनि बस्दछ । यसको टाउको फराकिलो हुन्छ । यसका आँखाहरु साना हुन्छन् ।
आँखाको नानी पहेँलो हुन्छ । यसको शरीर सेतो र छिरबिरे रङ्ग्को हुन्छ । यसको लम्बाइ करिब सात मिटर हुन्छ । यसको वजन अन्दाजी ९० किलो सम्म हुन्छ ।
संसारमा पाइने विभिन्न सर्पहरुमध्ये यो सबैभन्दा ठूलो सर्प हो, तर यो बिषालु हुँदैन । यसले बख्रा र मृगका पाठाहरु पुरै निल्न सक्छ ।
नेपालमा एउटा उखान पनि छ, अजिंगरको आहारा दैवले पुर्याउँछ भन्ने ।
अहिले अजिङ्गर विभिन्न कारणले संकटमा परेको छ । बासस्थान विनाश, वन डढेलो, कृषि क्षेत्रमा प्रयोग गरिने बिषादी लगायतका अजिङ्गरको संख्या घट्दो छ ।
चिसो रगतयुक्त प्रजाति मध्येका अजिङ्गर शान्त प्रकृतिको मानिन्छ । शिकारका लागी बाहिर निस्कने र शिकारपछि आराम गर्ने प्राकृतिक गुण अजिङ्गरमा हुन्छ ।








