यूरो कप छनोटः इटालीको लगातार पाँचौँ जित, अर्मेनिया ३-१ गोल अन्तरले पराजित

भदौ २०, एजेन्सी । यूरो कप छनोटअन्तर्गत बिहीबार राति भएको खेलमा इटालीले पाचौँ जित हात पारेको छ । अर्मेनियाको मैदानमा भएको खेलमा इटालीले घरेलु टोलीलाई ३(१ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।   

खेलको ११ औं मिनेटमा अर्मेनियाकातर्फबाट एलेक्सजेण्डरले पहिलो गोल गर्दै अग्रता दिलाए पनि २८ औं मिनेटमा आन्द्रे बेलोट्टीले इटालीकोतर्फबाट गोल गर्दै बराबरीमा सिमित गरे । तर  त्यसपछि अर्मेनियाले कुनै पनि गोल गर्न सकेन ।   

इटालीकैतर्फबाट ७७ औं मिनेटमा लोरेन्जो पेल्लीग्रिनीको अर्को गोल थपे भने ८० औं मिनेटमा बेलोट्टीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई ३-१ गोल अन्तरले जीत दिलाउन सफल भए । जितसँगै समूह जे मा रहेको इटालीले ५ खेलबाट १५ अंक जोडेको छ । अर्मेनियाको यो तेस्रो हार हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eleven =