आजका छापाः प्रचण्ड एक मुष्ट सहमति खोज्ने ओली किस्तामा दिने, कारागारबाटै धम्की, बलात्कारीलाई साढे ११ वर्ष सजाय

आज मंसिर ३ गते मंगलबार राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरकफरक विषयलाई प्राथमिकता दिएर समाचार प्रकाशित गरेका छन् ।   

कान्तिपुर दैनिकले नेपाल कम्युनिस्ट पार्टी भित्र अध्यक्षद्वय प्रचण्ड र केपी ओली विच पार्टी सञ्चालनका विषयलाई लिएर भएको मतभेदलाई मुख्य समाचार बनाएको छ । समाचारका अनुसार नेकपाका अध्यक्षद्वय मध्ये प्रचण्ड एक मुष्ट सहमति खोज्ने पक्षमा रहँदा अर्का अध्यक्ष ओली किस्ताबन्दीमा निर्णय गरिरहेका छन् । यसले ओली र दाहाल विच कार्यविभाजनका सवालमा दुरी बढ्दै गएको छ ।   

आजको कान्तिपुरमा इटभट्टामा मान्छे हालेर मारेको अभियागमा र्पुपक्षमा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद  अफताब आलमले जेलबाटै धम्की दिएको समाचार प्रकाशित छ । ‘कारागारबाट समेत धम्की’ शिर्षकमा समाचार छ । यस्तै गरी वन ऐन खारेजीको विषयलाई लिएर केन्द्र र प्रदेश सरकार विच बढेको विवाद सर्वोच्चमा गएको समाचार पनि छ ।  

सरकारी सञ्चारमाध्यम गोरखापत्रले आज माथिल्लो त्रिसुली थ्री ए जलविद्युत आयोजना सम्पन्न शिर्षकमा समाचार प्रकाशित गरेको छ । ६० मेगावाट क्षमताको आयोजनाको मन्त्रीपरिषद् कार्यालय सिंहदरबारबाटै उद्घाटन गरिएको समाचारले प्राथमिकता पाएको छ ।   

गोरखापत्रमै सर्बोच्च अदालतले बैतडीकी पुजा बोहराको सामुहिक बलात्कारको घटनामा संलग्न अभियुक्तलाई साढे ११ वर्ष कैद सजायको फैसला गरेको समाचार छ । साथै आज विश्व शौचालय दिवसका सन्दर्भमा नेपालमा सार्वजनिक शौचालयको अवस्था नाजुक शिर्षकमा समाचार प्रकाशित गरेको छ ।   

यता अन्न पुर्ण पोस्टले भने सार्वजनिक विकास निर्माणमा ठेकेदारले गरेका मनपरीको रिपोर्ट प्रकाशित गरेको छ । निर्दोष घोरासइनेले तयार पारेको ठगदार शिर्षकमा मुख्य समाचार प्रकाशित छ । समाचार अनुसार उच्च राजनीतिक पहुँचका आधारमा समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई क्षतिपुर्ती नभराइने गरिएको छ । जसले गर्दा विकास निर्माणमा प्रत्यक्ष असर परेको छ । 

यस्तै बैदेशिक रोजगार कार्यालय ताहाचलमा हुने अस्तब्यस्तताले सर्वसाधारणले सास्ती पाएको रिपोर्टलाई अग्र पृष्ठमा प्रकाशित गरेको छ ।   

यता नागरिक दैनिकले नेपालका निजी मेडिकल कलेजहरुमा शंकास्पद लगानी रहेको भन्दै मुख्य रिपोर्ट तयार पारेको छ । राष्ट्रिय सतर्कता केन्द्रले निजी मेडिकल कलेजहरुमा छापा हानेर अनुसन्धान गरेको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । जसमा कतिपय मेडिकल कलेजहरुमा शंकास्पद लगानी रहेको खुल्न आएको बताइएको छ ।   

यस्तै नवलपरासीको सुस्ता क्षेत्रमा नेपाली भूमि भारतीय पक्षले अतिक्रमण गरेको समाचार पनि छ । समाचारमा जनाइए अनुसार सो क्षेत्रमा रहेका नेपालीका निजी जमिनमा समेत भारतीयले चार दशकदेखि हैकम जमाइरहेका छन् ।   

यता नयाँपत्रिकाले काठमाडौंका सडकहरुको दुरावस्थालाई मुख्य विषय बनाएको छ । उपत्यकाका सडकको वेहाल शिर्षकमा प्रकाशित समाचार अनुसार राजधानीका सडक समयमै सम्पन्न हुन नसक्नुमा सरकार र ठेकेदार दुवै जिम्मेवार छन् ।   

यस्तै नौ मेडिकल कलेजमा अस्पताल नै गैरकानुनी भएको समाचार पनि छ ।   

हेर्नुहोस आजका पत्रपत्रिकाका प्रथम पृष्ठ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fifteen =