फेसबुक, भाइबरमार्फत् चिट चोर्ने/चोराउने ५ निरीक्षक र ६ परीक्षार्थी पक्राउ

 

चैत १३, सप्तरी । एसईई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको आरोपमा पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ परेका छन् ।  

महावीर हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार शाह, मधुकुमारी मण्डल र बैजु रामले चिट चाेर्नका लागि मोबाइल प्रयोग गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको परीक्षा पनि रद्द गरिएको छ । 

null

यस्तै बमनगामा कट्टी परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका तिलाठी कोइलाडी लौनियाका बुधेश्वर यादवलाई समेत मोबाइल प्रयोग गरेको पाइएपछि पक्राउ गरिएको छ । 

जनता मावि बसबिट्टीबाट परीक्षा दिइरहेका ह्याप्पीलैण्ड सेकेण्ड्री माविका अनिल साह र विमल दासलाई समेत आजको परीक्षा सकिने वित्तिकै प्रहरीले नियन्त्रणमा लिएको छ । पहिलो दिन फेला परेको मोबाइल उनीहरुको रहेको पत्ता लागेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

मोबाइल प्रयोग गरी भाइबर, वाट्सअप र फेसबुकको चाट म्यासेञ्जरबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाउने र सोही माध्यमबाट उत्तर आएपछि उत्तर पुस्तिकामा उतार गर्ने गरिएको पाइएको छ । 

कमलेश्वरी किशुन झौलाई मावि वनरझुला केन्द्रमा मोबाइललगायत फ्लाप कपीबाट चिट चोराएको भेटिएपछि पाँचजना निरीक्षक पनि आजै पक्राउ परेका छन् । चिट चोराउने कार्यमा संलग्न रहेको आरोपमा खडक नगरपालिका– ४ का देवनारायण मण्डल, खडक ९ का मनोजकुमार चौधरी र खडक– १० का रामसुन्दर चौधरी, सुरुङ्गा नगरपालिका–४ का लगेन्द्रप्रसाद चौधरी र सुरुङ्गा–८ का रामानन्द चौधरी पक्राउ परेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । 

परीक्षा अमर्यादित भएको विषयमा केन्द्राध्यक्ष रामअवतार गुप्तालाई समेत राजविराज झिकाइ सोधपुछ गरिएको छ ।  

आइतबारदेखि सुरु भएको एसईईमा  परीक्षार्थीले आज गणित विषयकाे परीक्षा दिएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 10 =