फर्मान आदेशबाट देश चल्दैछः सांसद राधेश्याम अधिकारी
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौ, जेठ ४ । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले सरकारले हुकुम प्रमाङ्गीबाट देश चलाउन खोजेको आरोप लगाएका छन् ।
राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै अधिकारीले काठमाडौमा सडकको समस्या विकराल भएको बताएका छन् ।
सरकारले काम गराउने भन्दा बहना खोजेको उनको आरोप छ । ठेकेदार जेल हाल्ने गृहमन्त्रीको आदेश आएको भन्दै उनले भने, ‘अस्ती चिनी मिल मालिकहरुलाई त्यसै गरियो । फर्मान आदेशबाट देश चल्दैछ । गणतन्त्रमा कानुन भन्दा माथि कोही छैन भन्ने मन्त्रीजीहरुले विर्सन थाल्नु भएको छ ।’
फर्मान जारी गरेर केही नहुने भन्दै ठेकेदारलाई कानुन अनुसार कस्न आग्रह गरेका छन् ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित