ट्रयाक्टरको ठक्करबाट एक वृद्धको मृत्यु
२०७४ जेठ १५ गते

“
सुर्खेत, जेठ ४ । ट्रयाक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेका एक वृद्धको मृत्यु भएको छ ।
सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१० नारायण पेट्रोलपम्प अगाडि पैदल हिँडिरहेका बेला ट«याक्टरले ठक्कर दिँदा तातोपानी गाउँपालिका–४ जुम्ला बस्ने ६२ वर्षीय मनशा पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामप्रसाद चौधरीले बताएका छन् ।
सुर्खेतको झुप्राबाट वीरेन्द्रनगरतर्फ आइरहेको भे१त ६८६७ नंको ट्रयाक्टरले साइडमा हिँडिरहेका बेला ठक्कर दिँदा पाण्डेको मृत्यु भएको प्रवक्ता चौधरीले जानकारी दिएका छन् ।
ट्रयाक्टर चालक प्रेमराज घर्तीलाई अनुसन्धानका लागि पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








