ललितपुरमा जीप दुर्घटना : ३ जनाको मृत्यु, एक जना घाइते

काठमाडौं, १७ वैशाख । ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडा नयाँगाउँमा सोमबार राति बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा चालक विशाल तामाङ, भट्टेडाँडाकै १७ वर्षीया सुनिता लोप्चन र १८ वर्षीया सरिता मोक्तान रहेको ललितपुर प्रहरीले जनाएको छ । बा ५ च ५६९६ नम्बरको बोलेरो राति साढे ९ बजे सडकबाट खसेर थियो । दुर्घटनामा गम्भिर घाइते भएका मकवानपुरका रमेश तामाङको टिकाभैरवस्थित आनन्दवन अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =