नेपालमै पहिलो पटक नेविकोले ल्यायो गिफ्ट प्याकमा सुगर फ्रि डाइजेस्टीभ विस्कुट

कात्तिक २७, काठमाडौं । नेपालकै पहिलो विस्कुट उत्पादक कम्पनी नेविको प्रा.लि.ले गिफ्ट प्याकमा नेविको सुगर फ्रि डाइजेस्टीभ विस्कुट बजारमा ल्याएको छ । कम्पनीले पहिलो पटक डाइजेस्टीभ विस्कुट अहिलेसम्मकै ठूलो प्याकमा ल्याएको हो ।  विस्कुटलाई उपभोक्ताले अत्याधिक रुचाएका छन् ।   

उत्पादनको छोटो समयमै देशभरबाट डिमाण्ड आएको कम्पनीले जनाएको छ । नेविकोका ब्राण्ड मेनेजर अरुण पौडेलले विस्कुटका पारखीलाई अन्तराष्ट्रिय क्वालिटी र स्वाद पस्कन गिफ्ट प्याकमा ‘सुगर फ्रि डाइजेस्टीभ विस्कुट’ उत्पादन शुरु गरेको बताए । ‘संभवतः नेविकोले नेपालमै पहिलोपल्ट ठूलो प्याकमा सर्वसुलभ मुल्यमा विस्कुट सार्वजनिक गरेको हो, बजारमा गएको छोटो समयमै हामीले उपभोक्ताबाट उत्साहजनक रेस्पोन्स पाएका छौं ।’ उनले भने–‘ठूल्ठूला मार्टहरुबाट डिमाण्ड आइरहेको छ । बजारको सकारात्मक प्रतिक्रियाले हौसला मिलेको छ ।’ 

३६० ग्राम प्याकमा उपलब्ध डाइजेस्टीभ विस्कुटलाई उपहार र कोशेलीका रुपमा समेत लैजान मिल्छ । अन्तराष्ट्रिय मापदण्ड र गुणस्तर पुरा गरेर तयार पारिएको विस्कुट फेमली प्याकेटका रुपमा प्रयोग गर्न मिल्छ । सुगर फ्रि विस्कुट भएकोले सुगर तथा क्लोस्ट्रोलका विरामीले सहजै खान मिल्छ भने, अन्य सामान्य व्यक्तिले पनि खान सक्छन् । 

विस्कुटको प्याकेजिङको कुरा गर्दा अन्तराष्ट्रिय स्तरको छ । कतिपय विस्कुट एक पटक खोलिसकेपछि ओसिने संभावना हुन्छ । नेविको डाइजेस्टीभ विस्कुटलाई भने नओसिने गरी मुख्य प्याकेट भित्र पनि १० ओटा मिनी प्याकमा राखिएको छ । ‘कतिपय अवस्थामा हामीले एकै पटक सबै विस्कुट खान नसक्दा प्याकेट खोलिसकेको विस्कुट ओसिने संभावना हुन्छ । यो समस्यालाई समाधान गर्न मिनी प्याकमा राखेका छौं । ओसिने र विग्रने संभावना छैन ।’ ब्राण्ड मेनेजर अरुण पौडेलले भने । 

विस्कुटमा कार्वोहाइड्रेट, प्रोटिन, फाइबर र फ्याटको मात्रा न्यूट्रिसियनको सल्लाहमा राखिएको छ । २०० रुपैंया प्रति प्याकेट मुल्य रहेको डाइजेस्टीभ विस्कुटले अन्तराष्ट्रिय कम्पनीका विस्कुटहरुसँग सहजै प्रतिष्पर्धा गर्ने देखिएको छ ।   

५५ वर्ष अघि स्थापना भएको नेविको प्रा.लि.ले अहिलेसम्म ५५ वटा प्रोडक्ट उत्पादन गरिरहेको छ । विस्कुट उत्पादन र वितरणमा नेपालकै पहिलो नम्बरमा रहेको नेविकोले आउँदा दिनहरुमा अझै तीन प्रकारका उत्पादन बजारमा ल्याउने तयारी गरेको छ । भने, केहि समयमै कुकिज् समेत ल्याउने जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 17 =