ऐमालेका नेता मोक्तानको निधन, अन्तिम संस्कार शुक्रबार मात्रै गरिने

धरान, जेठ ३ । धरान उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष तथा नेकपा एमालेका सकृय नेता भुपेन्द्रराज मोक्तानको निधन भएको छ । मोक्तानको अन्तिम संस्कार भोली शुक्रबार गरिने भएको छ ।

बुधबार मोक्तानको निधन भएतापनि मोक्तानका दाजु वंशी मोक्तान तथा एक छोरा समेत देश बाहिर भएकोले उनीहरु आएपछि मात्र अन्तिम संस्कार गरिने तथा पार्टीले पनि सोही दिन श्रद्धाञ्जली कार्यक्रम राख्ने एमाले धरान नगर राजमणी निरौलाले जानकारी दिएका छन् ।

मोक्तान विगत ६ महिनादेखि अस्पतालमा उपचाररत थिए । सुगर, प्रेसर तथा मुटु सम्बन्धि रोगबाट पीडित भएका मोक्तानको ब्रेन ह्यामरेजका कारण बिराटनगर नोबेल अस्पतालको शैयामा निधन भएको पारिबारिक श्रोतले जनाएको छ ।

मोक्तान पञ्चायती कालमा पञ्चायती व्यवस्था विरुद्ध राजनीतिक लडाईमा होमिएका थिए । उनी नेकपा एमालेमा रहेर धरान नगर उप सचिव, सुनसरी जिल्ला कमिटि सदस्य हुदै हाल एमालेको जिल्ला सल्लाहकार समेत थिए । उनको परिवारमा एक श्रीमती, २ छोरा बुहारी तथा २ नाति नातिना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =