आलियाका पुराना लुगा लिलामीमाः कति मूल्य देलान् त फ्यानले ?
मकालु खबर
२०७४ जेठ १५ गते
“
फिल्म् राजीको सफलतासँगै आकाशिएकी बलिउड नायिका आलिया भट्टले आफ्ना पुराना लुगाहरु लिलामी गर्ने घोषणा गरेकी छिन् । उनको मुख्य भूमिका रहेको फिल्म राजीले नसोचेको व्यापार गरेपछि उनको स्टारडम आकाशिएको छ ।
आलियाले कुनै पनि लुगा २–३ पटक भन्दा बढी नलगाउने बताउँदै आफ्ना पुराना लुगाहरु लिलामी गर्ने र त्यसबाट आएको रकम च्यारिटीलाई दिने घोषणा गरेकी हुन् ।
केही दिनअघि बलिउड अभिनेता अक्षयकुमारले एउटा फिल्ममा लगाएको आर्मी युनिफर्म लिलामी गर्ने घोषणा गर्दा उनीमाथि लिगल नोटिस पठाइएको थियो । तर आलिया भने यसमा ढुक्क छिन् कि आफुलाई त्यस्तो कुनै अप्ठेरो आइपर्दैन ।
आलियाले दुई दिनसम्म आफ्ना लुगाहरु लिलामीमा राख्ने र बढि मूल्य कबोल गर्नेलाई बेच्ने बताएकी छिन् ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित