आइडिपी आएल्सलाई देशभर प्रतिबन्ध लगाउने इक्यानको निर्णय

माघ १, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले आइडिपि आएल्सलाई देशभर प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
इक्यानका निवर्तमान अध्यक्ष विष्णुहरी पाण्डेले प्रस्तुत गरेको शाखा सञ्चालन तथा व्यवस्थापन र आइडिपी आईईएलटिएससँग सहकार्य नगर्ने सम्बन्धि प्रस्तावमाथि छलफल गर्दै सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।
योसँगै आईडीपी आईईएलटीएससँग नेपालका कुनैपनि कन्सल्टेन्सीले सहकार्य गर्ने छैनन् ।

आइडिपि आएल्स अष्ट्रेलियाको कम्पनी हो । नेपालमा व्रिटिस काउन्सिलको आएल्सले विद्यार्थीहरुलाई दुःख दिएको भन्दै केही बर्षअघि इक्यानकै पहलमा आइडिपि नेपाल भित्रिएको थियो ।
यस्तै कार्यसमितिलाई पूर्णता दिने विषयमा अध्यक्ष पाण्डेले संघको सदस्य रहेको कम्पनी श्री मिसन डक्टर प्रालिका प्रबन्ध सञ्चालक पुष्पराज भट्टराईलाई कार्यसमितिको सदस्य पदमा मनोनित गरे ।
साथै संघको केन्द्रीय कार्यालयलाई ६ महिनाभित्र स्थानान्तरण गरी व्यवस्थित गर्ने समेत निर्णय बैठकले गरेको छ ।








