महिलामा बढी देखिने लुपस के हो ? यस्ता छन् यसका लक्षण र बच्ने उपायहरुः

“
आजभोलीका खानपान त्यस्तै छ कि रोगहरु दिन प्रतिदिन बढ्दै छ । कतिपय रोगको संक्रमण पुरुषमा भन्दा महिलामा ज्यादा पाइन्छ । त्यस्तै रोग मध्य लुपस पनि एक हो । लुपसले हाम्रो शरिरको रोग निरोधक शक्तिले शरिरलाई हानी गर्ने किटाणु र खराब कोषलाई नष्ट गर्दछ । यो रोग पुरुषको तुलनामा महिलालाई ९ गुणा बढी हुने चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार लुपस एक खतरनाक रोग हो, यसको सही पहिचान गर्ने र समयमा उपचार गर्न जरुरी हुन्छ । जति चाँडो उपचार शुरु गरियो त्यति नै छिटो अङ्ग बचाउन सकिन्छ । लुपसको उपचार लक्षण शुरु भएको ३ महिनाबाट १ वर्षभित्र गरिएमा यसबाट हुने नकारात्मक असरलाई न्यूनीकरण गर्न सकिन्छ ।
लुपस के हो ?
लुपस एक प्रकारको अटोईम्युन डिजिज हो । हाम्रो शरीरको रोग निरोधक शक्तिले शरीरलाई हानि गर्ने किटाणु र खराव कोषलाई नष्ट गर्दछ । अटोईम्युन डिजिज भन्नाले शरीरको रोग निरोधक शक्तिले जव आफ्नै शरीरको स्वस्थ कोषलाई असर गर्न थाल्छ त्यस बेलामा अटोईम्युन डिजिज सुरु हुन थाल्छ । यो विषेश गरि युवा अवस्थामा तथा महिलाहरुमा सुरु भई लामो समयमसम्म रहने दिर्घकालिन रोग हो । यो रोग महिलालाई पुरुषको तुलनामा ९ गुणा बढी हुने गर्दछ ।
लक्षणहरुः
–बंशाणुगत लक्षणहरु जस्तै ज्वरो, अल्क्षिपना, कमजोर, तौल घट्ने ।
–हात र्जोनी दुख्ने ।
–छालामा असर गर्ने जस्तै पुतली आकारको मुखमा दाग आउने, चिलाउने, खटिरा आउने, सुर्यको प्रकाशमा बाहिर निस्कन गाह्रो हुने, केश झर्ने ।
–मृगौला सुन्निने ।
–रक्त कोसिका हरुको कमी हुने, परिपक्व र स्वस्थ्य रक्त कोषिकाहरु नष्ट हुदैँ जाने ।
–नसा सम्बन्धित रोग लाग्ने जस्तैः टाउको दुख्ने, धेरै सोचाईमा पर्ने, केही कुराको निर्णय छिटो लिन नसक्नु, छारे रोग लाग्ने, बानी परिबतर्न भइरहेने वा चाडै (घरीघरी) रिस उठने ।
–आँखामा असर गर्ने सुख्खा आँखा, रातो आँखा ।
–मुटु रोग लाग्ने जस्तै छाति दुख्ने, मुटुको बाहिरि भागमा असामान्य रुपमा पानी वा तरल पदार्थ जम्मा हुने, हृदयघात हुने।
–फोक्सोमा पानी जम्ने ।
कसरी रोग पत्ता लगाउने ?
यो रोग उपचारको लागि वाथरोगमा दक्षता हासिल गरेका वाथ रोग विषेयज्ञद्धारा लक्षणको आधारमा निम्न परिक्षणको मदतले रोगको अवस्था पहिचान गर्न सकिन्छ ।
१. रगत जाँच
२. पिशाबको जाँच
३. छातिको एक्सरे
४. मुटुकोे इको
५.मृर्गौला जाँच
यस्तो छ उपचार पद्धति
यो रोगको उपचार व्यक्तिअनुसार उपचार फरक फरक हुन सक्छ । यो रोगले कुन कुन अंगलाई असर गर्छ भन्ने थाहा हुदैन र जुन अंगलाई असर गर्छ त्यहीअनुसार रोगको उपचार गरिन्छ । यस रोगमा प्रायजसो बिरामीलाई हाइड्रोक्साइक्लोरोक्वाइन वा क्लोरोक्वाइन नामक औषधी प्रयोग गर्ने गरिन्छ । लुपसका बिरामीहरु जसको मुटु, कलेजो, मृगौला र नशाहरुमा असर गरिएको अवस्थामा ग्लुकोकोरटिसोइड्स र अन्य ईम्युन सप्ररेसिभ औषधीहद्वारा उपचार गरिन्छ ।
सन्तुलित भोजन
यो रोग लागेका बिरामीले कुनै प्रकारको बिषेश भोजन खान जरुरी छैन । तर सन्तुलित भोजनका लागि निम्न कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।
–बिरामीले चिल्लो कम भएको खाना, फलफूल, हरियो सागपात, तरकारी, रङ नहालिएको खैरो चामल र थोरै मात्रामा माछामासु खानुपर्दछ ।
–नुन कम मात्रामा खाने ।
–कोलेस्टेरोल पनि रहेका बिरामीले कम चिल्लो पदार्थ भएको खाना खाने ।
–क्याल्सियम र भिटामिन डी, स्टोराईड औषधी खाने बिरामीमा दिनु पर्दछ ।
बिरामीले ध्यान दिनुपर्ने कुराहरु
–यो रोग लागेको बिरामीहरु घामको किरणबाट बच्नुपर्दछ । यसका लागी छाता, लोसन वा घामबाट बच्ने क्रिम क्उा श्रघण् भन्दा बढीको लगाउने, लामो कपडा वा घाम छेक्ने गरी लगाउने ।
–बिरामीले सक्रिय जीवनको लागि नियमित व्यायाम गर्नु पर्दछ ।
–यो रोग लागेको ब्यक्तीलाई निमोनिया र फलु भ्याक्सिन लगाउनुपर्दछ ।
–यो रोग लागेका धेरैजसो गर्भवती महिलामा गर्भपतन हुने गर्दछ । शरीरमा एन्टीफोसफोलिपिड नामक प्रोटिनको मात्रा बढी भएमा गर्भपतन हुने बढी जोखिम हुन्छ । गर्भपति हुनु अघि चिकित्सको सल्लाह लिनु पर्दछ । लुपस रोग नियन्त्रणमा आएको ६ महिनापछि मात्र गर्भवती हुने सल्लाह दिईन्छ । गर्भवती अवस्थामा नियमित जाँच गराईराख्नु पर्दछ र अन्य औषधी पनि नियमित खाने गर्नु पर्दछ ।
–नियमित जाँचको समय ब्यक्ती अनुसार फरक पर्दछ । रोग साधारण भएमा डाक्टरलाइ तिन देखी छ महिनामा भेट्नु पर्दछ । रोग नियन्त्रण नभएमा डाक्टरको सल्लाह अनुसार अनिवार्य जाँच गराउनु पर्दछ ।
“








