११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं, साउन ३ । भोजपुरको अरुण गाउँपालिकामा बालिकालाई बलात्कार गरेको आरोप लागेका दुर्गाबहादुर श्रेष्ठ धरानमा पक्राउ परेका छन् । श्रेष्ठले अरुण गाउँपालिकाको याकुकी ११ वर्षिया बालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ । बालिका अहिले ६ महिनाकी गर्भवती छिन् ।
बालिका गर्भवती भएको थाहा पाएपछि परिवारले श्रेष्ठको जिम्मा लगाएर पठाएको तर बालिकालाई अलपत्र पारेर भागेका उनी धरानमा पक्राउ परेको प्रहरीले जनाएको छ । पीडित बालिकाले मंगलबार मात्रै महिला तथा बालबालिका कार्यालयको सहायतामा प्रहरीमा उनीविरुद्ध उजुरी दिएकी हुन् ।
धरानमा पक्राउ परेका श्रेष्ठलाई भोलि बुधबार भोजपुर लगिने डिएसपी काजीकुमार आचार्यले जानकारी दिनुभयो । परिवारले नै बालिकामाथि भएको बलात्कारको घटना लुकाएकाले ढिलो गरेर मात्रै प्रहरीमा उजुरी परेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *